मैले स्कुल मा के सिखे?
खै के सिखे?
कहिले काहिँ आमा संग झगडा गरेर थाह पाए 
मन कसैको दुखाउनु हुदैन भनेर 
बिचारी जत्ति झगडा गर्दा पनि 
छोरा भनेर पुल्पुलाएर बोलाउछिन 
स्कुलमा " मोरल साइन्स"
नामको मात्र बिषय थियो 
पान पसल मा गुटका च्याप्ने गुरु ले 
धुम्रपान गर्नु हुदैन भन्दै सिकाउथे
बाबा को काँध मा चढेर उडदा 
खेल के हो भनेर सिखेको मैले 
स्कुलमा "फिजिकल ट्रेनिङ्ग"
नामको मात्र बिषय थियो 
परीक्षामा फुटबल को चित्र गोलो भएन भनेर फेल गर्ने ले 
खेलकुद के सिकाउनु?
गणित बाट धेरै सिके 
तर नचाहिने कुरा बढी थियो 
हिसाब त दशैं मा दक्षिणा गन्दा गन्दै सिकियो
बिजिनेस गर्ने सपना भएको ले पनि 
घाम को छाया बाँस मा पर्यो भने 
बाँस कति किलो थियो भन्दै नाप्नु पर्थ्यो?
गणित त बिषय हैन बाहाना मात्र थियो
फेल गराउने साधन थियो 
विद्यार्थी को सपना को हिसाब राखन नसक्ने ले 
गणित के सिकाउथे होला र?
जिन्दगि भाइ हुर्केको देखेर सिके
मेरो उटपटाङ्ग कथा 
ध्यान दिएर सुन्ने ति आँखा टल्किएको देख्दा 
कविता लेख्न सीखे
"साहित्य" त बिषय मात्र थियो 
मैले कति काब्य पढेको छु भनेर मेरो रचनात्मकता जाच्ने ले 
के 'सिर्जना' गर्न सिकाउने होला?
छिमेकी घर को झगडा देखेर 
समाज मा कस्तो छबि बन्छ भनेर सिके 
मातिने बाउ को छोरा साथी थियो मेरो 
उसको दुख देखेर 
समाज र परिवार सिखे 
"सामाजिक शिक्षा" त बिषय मात्र थियो 
समाज मा आवाज राख्न नसक्ने ले 
के समाज मा जिउन सिकाउथे?
म शिक्षित हैन 
ज्ञानी बन्न चाहन्छु 
स्कुल गएर आधा जिन्दगि नास भयो
शिक्षा मेरो ज्ञानको अडचन बन्यो
म ज्ञानी बन्न सक्थे होला
तर बीच मा स्कुल जानु पर्यो
ज्ञान त खुला आकास मुनिको
जीवन जिएर पो पाइन्छ जस्तो लाग्यो 
त्यो पैसा माङ्ग्ने
तर दिए जति कहिले नासिकाउने बिद्यालयले 
के ज्ञानी बनाउथ्यो होला र?
